खेल क्षेत्रलाई राज्यले अझ बढी महत्व दिनुपर्छ : प्रचण्ड

शनिबार, जेठ २४, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं  ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपालको  पहिचान खेल क्षेत्रले  चिनाउँदै  गइरहेको बताएका छन् । प्रथम प्रज्ञा स्मृति शारीरिक सुगठन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सबैले खेल क्षेत्रलाई बढी महत्व दिनुपर्ने बताएका हुन् । उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा  नेपालको पहिचान खेल क्षेत्रले चिनाएको  छ । क्षेत्रलाई अझ बढि महत्व दिनुपर्ने छ ।’ साथै उनले राज्यले खेल क्षेत्रलाई अझ बढि बजेटको व्यवस्था र व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले  खेलाडीहरुको भविष्य खेल क्षेत्रमा सुनिश्चित हुने गरी संवेदनशील हुन जरुरी रहेको बताए ।
 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार