सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । आईपीएल च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) को विजय यात्राका क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भागदौड मच्चिदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले भागदौडमा ११ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको बताएका छन् ।उनले यस घटनाको जाँचको आदेश दिएका छन् भने मृतकका परिवारलाई १०-१० लाख सहयोग गर्ने घोषणा पनि गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता राहुल गान्धीसमेतले घटना प्रति दुख व्यक्त गरेका छन् । आरसीबीको आईपीएलको जितको उत्सव अभियान मनाउन कर्नाटक राज्य सरकारले आयोजना गरेको कार्यक्रममा खराब योजना र भीडको व्यवस्थापन राम्रोसंग हुन नसकेपछि भागदौड मच्चिएको मिडिया रिपोर्टमा उल्लेख छ । स्टेडियमको गेट नम्बर १ बाट भागदौड शुरु भएको बताइएको छ । ३५ हजार क्षमताको स्टेडियममा कार्यक्रम राखिएकोमा लाखौं मानिसहरु आएपछि भिड नियन्त्रण बार गएको बताइएको छ । मंगलबार राति सम्पन्न आइपिएल फाइनल जितेपछि आरसीबीको टिम बुधबार बैंगलुरु फर्किदा यो घटना भएको थियो ।