१८ बर्ष पछि बेंगलुरुले बन्यो आईपीएल बिजेता

बुधबार, जेठ २१, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । १८ बर्षपछि रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ ।  मंगलबार राती भएको फाइनलमा पञ्जाब किङ्सलाई जम्मा ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सफल भयो । अन्तिम ओभरमा २९ रन आवश्यक भए पनि शो पुरा  गर्न नसक्दा पञ्जाव जीतवाट बाहिरिएको हो । फाइनल खेलमा शशांक ३० बलमा ६१ रनमा अविजित रहेका थिए भने जोश इङ्लिसले ३९ रन बनाउन सफल भए । बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २–२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १–१ विकेट लिएका थिए ।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाउन सफल भएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाएका थिए भने कप्तान रजत पाटिदारले २६ रन बनाउन सफल भए  । तर, लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाउँदै बैंग्लरूले बलियो उपस्थिति देखायो । उता, पञ्जाबका लागि अर्शदीप सिंह र काइल जेमिसनले ३–३ विकेट लिएका थिए भने अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १–१ विकेट लिन सफल भए । बेंगलुरुले यसअघि तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि भने जित्न सकेको थिएन । सन् २००९, २०११ र २०१६ मा फाइनलमा पुगे पनि बेंगलुरु उपाधिबाट भने वञ्चित हुदैँ आएको थियो ।

आइपीएल बिजेता बैंग्लरूले २० करोड लैजादाँ अरूले कति पाए रकम ?

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै १८ औं सिजनको उपाधि जितेको हो ।  आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जितेको भएपनि पञ्जाबको ट्रफी जित्ने धेरैको अपेक्षा थियो तर नतिजा उल्टो भयो ।  उपाधि जिते पछि आरसीबीले २० करोडको विजेता ट्रफीसहितको पुरस्कार पाएको छ भने जबकी उपविजेता पञ्जाव किंग्सले  १२.५ करोडमा सन्तुष्ट हुन बिबश भयो ।  तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सले ७ करोड र चौथो स्थानमा रहेको गुजरात टाइटन्सले ६ करोड ५० लाख रुपैयाँ प्राप्त गरेको छ । अरूण जेटली स्टेडियमले पिच एन्ड ग्राउन्ड अवार्डमार्फत ५० लाख पाउँदा प्लेअर अफ दि टुर्नामेन्ट सूर्यकुमार यादव भए, उनले १५ लाख पाए ।  सिजनमा सर्वाधिक ७५९ रन बनाउने गुजरातका साई सुदर्शनले ओरेन्ज क्यापसहित १० लाख रूपैयाँ पाए भने सर्वाधिक २५ विकेट लिने प्रसिद्ध कृष्णाले पर्पल क्यापसहित १० लाख रूपैयाँ पाए । १४ वर्षीय वैभव सूर्यवंशी सिजनको सुपर स्ट्राइकर चुनिए । गुजरातका ओपनर साई सुदर्शनले अधिकतम व्यक्तिगत अवार्ड पाए । ओरेन्ज क्याप बाहेक उनले अल्टिमेट फ्यान्टेसी प्लेयर अफ द सिजन, इमर्जिङ प्लेयर अफ द सिजन र मोस्ट बाउन्ड्री (चौका) को अवार्ड पनि पाए । सबैभन्दा बढी चौका हान्ने मुम्बईका सूर्यकुमार यादव प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर बने भने सबैभन्दा बढी छक्का हान्ने निकोलस पुरन, ग्रिन डाट बाल मोहम्मद सिराज र कैच अफ दी सिजन कमिंदु मेंडिसले पाए । सबैले १०–१० लाख रकमसमेत प्राप्त गरे ।

newskarkahna-news860730.-1749005000.jpg
 


 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार