सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विगत २४ घण्टायता कोरोना भाइरसबाट थप ५०० जना संक्रमित भएका छन् । ५ हजार ४३४ जनाको परीक्षण गरिएकोमा उक्त परिमाणमा संक्रमित फेला परेका हुन् । यो संख्यासँगै नेपालमा कोभिडका कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । शुक्रवार ४ हजार १४२ जनाको परीक्षण गरिएकोमा ६०८ जनामा कोभिड–१९ पुष्टि भएको थियो ।
तीनजनाको मृत्यु कोराना भाइरस संक्रणका कारण तीन जनाको निधन भएको छ । ज्यान गुमाउनेहरूको कुल संख्या १ हजार ८१९ पुगेको छ ।
अझै पनि उच्चदरको संक्रमण लगातार केही महिनायता थोरै परिमाणमा परीक्षण भइरहे पनि जाँचिएका नमुनामा संक्रमण पुष्टि हुने क्रम उच्च रहेको छ । शनिबार प्रकाशित विवरणअनुसार अहिले परीक्षण गराएकामध्ये ९.२ प्रतिशत मानिसमा संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले यस्तो दर २ प्रतिशतको हाराहारीमा ल्याउन सके मात्र संक्रमण नियन्त्रणमा आउन सक्ने बताउँदै आएका छन् । पछिल्लो २४ घण्टामा कुल ८४० जना कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म निको भएकाहरूको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ । यो कुल संख्याको ९६.६ प्रतिशत हो । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ छ । तीमध्ये अधिकांश राजधानी काठमाडौं उपत्यका रहेको वाग्मती प्रदेशमा छन् । अहिले देशभरिमा सघन उपचार कक्षमा २२८ जना र भेन्टिलेटरमा ५० जना रहेको पनि मन्त्रालयले जनाएको छ ।
आधा संक्रमित काठमाडौं उपत्यकाका स्वास्थ्य मन्त्रालयले शनिबार प्रकाशित गरेको विवरणअनुसार थपिएका ५०० मध्ये २६७ जना काठमाडौं उपत्यकाका छन् । सबैभन्दा धेरै संक्रमित वाग्मती प्रदेशमा ३७६ जना थपिएका छन् । प्रदेश नं १ मा १३ जना, प्रदेश नं २ मा ४ जना, वाग्मतीमा ३२३, गण्डकीमा ४९ जना, लुम्बिनीमा ९४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना संक्रमित थपिएका छन् ।