बंगलादेशविरुद्धको टी-२० सिरिजमा पाकिस्तानको क्लीनस्वीप

सोमबार, जेठ १९, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौँ । पाकिस्तानले बंगलादेशविरुद्धको टी-२० सिरिज क्लीनस्वीप गरेको छ । गएराति सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । बंगलादेशले दिएको १९७ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्यपुरा गरेको थियो । पाकिस्तानको जितमा मोहमद ह्यारिसले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै सैम आयुबले ४५ रन बनाएका थिए ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।यो जितपछि पाकिस्तानले ३ खेलको सिरिजमा क्लीन स्वीप गरेको छ । यसअघि पाकिस्तानले पहिलो खेल ३७ रन र दोस्रो खेल ५७ रनले जितेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार