मुम्बईलाई हराउदै पञ्जाव आइपिएलको फाइनलमा

सोमबार, जेठ १९, २०८२
Global Ime Bank

काठमाडौँ । पञ्जाव किंग्स आइपिएलको फाइनलमा पुगेको छ । गएराति सम्पन्न दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गर्दै पञ्जाव फाइनलमा पुगेको हो । मुम्बईले दिएको २०४ रनको लक्ष्य पछाएको पञ्जावले १९ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले अविजित ८७ रन बनाएका थिए भने नेहाल बढेराले ४८, जोश इंगलिसले ३८ र प्रियांश आर्याले २० रन बनाएका थिए ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्मा र सूर्यकुमार यादवले ४४-४४ रन बनाएका थिए भने जोनी बैरस्टोवले ३८ र नमन धिरले ३७ रन बनाएका थिए ।योसँगै पञ्जाव किंग आफ्नो आइपिएल इतिहासमा दोस्रो पटक फाइनलमा पुगेको छ । यसअघि २०१४ मा उपविजेता बनेको पञ्जाव त्यसपछि नै यसपटक प्लेअफ हुदै फाइनलमा पुगेको छ । अब मंगलबार हुने फाइनलमा पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्ने छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार