सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकरअन्तर्गत कोलम्बस क्रिउलाई परजित गरेको छ ।आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले कोलम्बसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरे भने लुइस स्वरेज, ताड़ेओ एलेन्ड र फाफा पिकाल्टले एक एक गोल गरेका थिए । त्यस्तै कोलम्बसका लागि सिजार रुभालकाबाले एगोल गरेका थिए ।यो जितपछि इस्टर्न कन्फेरेन्समा इन्टर मियामी तेस्रो स्थानमा उक्लिएको छ । इन्टर मियामीको १६ खेलमा २९ अंक भएको छ ।त्यस्तै कोलम्बस क्रिउको भने १७ खेलमा २८ अंक रहेको छ र हाल पाँचौं स्थानमा छ ।