सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । फ्रेन्च क्लब पिएसजीले पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति जर्मनीको म्युनिखमा सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ५-० गोल अन्तरले परजित गर्दै पिएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । पिएसजीको जितमा डिजिरे डोउएले २ गोल गरेका थिए भने अचरफ हाकिमी, खभिचा कभारात्सखेलिया र सेन्नी मायुलुले एक एक गोल गरेका थिए । युवा खेलाडीले भरिएको पिएसजीका अगाडी इन्टर मिलान निरिह जस्तै देखिएको थियो । पिएसजीको क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । यसअघि किलीयन एम्बाप्पे,लियोनेल मेसी र नेइमार जस्ता सुपस्टार फुटबलरले पनि पिएसजीलाई च्याम्पियन्स लिग जिताउन सकेका थिएनन् । पिएसजी यसअघि २०२० मा फाइनलमा पुगेर पराजित भएको थियो ।