सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले इङल्याण्डका राइट ब्याक, मिडफिल्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डलाई अनुबन्ध गरेको छ ।रियल म्याड्रिडले आर्नोल्डलाई जुन १, २०२५ देखि जुन ३०, २०३१ सम्मका लागि अनुबन्ध गरेको जानकारी दिएको छ । योसँगै आर्नोल्डले अमेरिकामा जुन १४ देखि शुरु हुने फिफा क्लब विश्वकपमा रियल म्याड्रिडबाट खेल्ने भएका छन् ।आर्नोल्डले यसअघि लिभरपुल छोडेको जानकारी दिएका थिए । २६ बर्षिय आर्नोल्डले लिभरपुलले प्रिमियर लिग जितेसँगै उनले आफ्नो क्लबसँगको नौं बर्षे यात्रामा पूर्ण विराम लगाएका थिए । २०१६-१७ सिजनदेखि नै लिभरपुलबाट खेलिरहेका आर्नोल्डको रियल म्याड्रिड क्यारियरकै दोस्रो क्लब बनेको छ ।लिभरपुलमा ९ सिजन खेल्दा उनले दुई प्रिमियर लिग उपाधि जितेका छन् भने एक च्याम्पियन्स लिग, एक फिफा क्लब विश्वकप, एक एकए कप, एक इएफएल कप, एक कम्युनिटी शिल्ड र एक युइएफए सुपर कपको उपाधि जितेका छन् । ९ सिजन क्लबको सिनियर टिमबाट खेलेपनि आर्नोल्ड लिभरपुलकै एकेडेमीका उत्पादन हुन् । उनले क्लबमा करिब २० बर्ष बिताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले आफ्नो जीवनको महत्वपूर्ण २० बर्ष बिताएको ठाउलाई गुडबाई गर्दा आफुलाई निकै मुश्किल भएको बताएका छन् ।उनले लिभरपुलका लागि कुल ३५३ खेल खेल्दै २३ गोल गरेका छन् ।