रोनाल्डोसँग सम्झौता नवीकरणको प्रयास गर्दैछौं- निर्देशक, अल नासर

शुक्रबार, जेठ १६, २०८२
Global Ime Bank

काठमाडौँ । अल नासरले क्रिस्टियानो रोनाल्डोसँग सम्झौता नविकरणको वार्ता भइरहेको जानकारी दिएको छ । अल नासरका निर्देशक हिएरोले रोनाल्डोसँग सम्झौता नवीकरणको प्रयास भइरहेको बताएका हुन् । उनले रोनाल्डोको साउदी प्रो लिगमा उपस्थिति शुरु देखिनै राष्ट्रिय प्रोजेक्ट भएको बताउदै उनको आगमनले साउदी लिगलाई ठुलो फाइदा भएको बताएका छन् । उनले भनेका छन्- 'उनी फुटबलको इतिहासकै विशाल पात्र हुन्, उनले साउदी लिगलाई ठूलो बनाउन ठूलो सहयोग गरेका छन् । हामी उनको सम्झौता नवीकरण गर्न सम्पर्कमा छौं र आशा छ कि उनी हामीसँग निरन्तर रहनेछन् ।' उनले रोनाल्डोको टिमसँग सम्झौता नवीकरणको नेगोसियसनमा रहेको र सहमति हुनेमा आफुहरु आशावादी रहेको बताएका छन् ।रोनाल्डोले यस सिजनको अन्तिम खेलपछि आफ्नो यो च्याप्टर क्लोज भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा अल नासर छोड्ने संकेत गरेका थिए । उनको अल नासरमा जुन ३० सम्म सम्झौता रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार