सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । इङल्याण्डले वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले वेस्ट इण्डिजलाई २३८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।इङल्याण्डले दिएको ४०१ रनको लक्ष्य पछाएको वेस्ट इण्डिज २६.२ ओभरमा १६२ रन बनाएर अल आउट भएको थियो ।वेस्ट इण्डिजका लागि जयदेन सिलसले सर्बाधिक २९ रन बनाए भने कप्तान शाइ होपले २५, कीची कार्टीले २२ रन बनाएका थिए । त्यसैगरी इङल्याण्डका बलर सकिब महमूद र जामी ओभरटनले ३-३ विकेट लिएका थिए । त्यस्तै आदील रसिदले २ तथा ब्रिडोन कार्स र जाकोब बेथलले एक एक विकेट लिए ।यस अघि टस हरेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै ४०० रन बनाएको थियो ।इङल्याण्डका लागि जाकोब बेथेलले सबधिक ८२ रन बनाएका थिए भने बेन डकेटले ६०, कप्तान ह्यारी ब्रुकले ५८, जो रुटले ५७. विल ज्याकले ३९, जामी स्मिथ र जोस बटलरले ३७-३७ रन बनाएका थिए ।त्यस्तै वेस्ट इण्डिजका बलर जयदेन सील्सले सर्बाधिक ४ विकेट लिए भने अल्जारी जोसेप र जस्टिन ग्रीभ्सले २-२ विकेट लिए ।यो जितपछि इङल्याण्ड ३ खेलको एकदिवसीय सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।