सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु जारी आइपिएलको फाइनलमा पुगेको छ ।विहिबार राति सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाव किंग्सलाई ८ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स फाइनलमा पुगेको हो । पञ्जावले दिएको १०२ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १० ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । रोयल च्यालेन्जर्सका लागि फिल साल्टले सर्बाधिक अविजित ५६ रन बनाए भने मयंक अग्रवालले १९, कप्तान रजत पाटीदारले अविजित १५ र विराट कोहलीले १२ रन बनाए । यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु चौथो पटक आइपिएलको फाइनलमा पुगेको छ । यस अघि रोयल च्यालेन्जर्स बैंगलुरु २००९, २०११ र २०१६ मा फाइनलमा पुगेर पराजित भएको थियो । त्यस्तै यस खेलमा हार बेहोरेको पञ्जावले भने अब दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । दोस्रो क्वालिफायरमा पञ्जावले इलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्सबीचको विजेतासँग खेल्ने छ ।
रोयल च्यालेन्जर्सको घातक बलिङ, पञ्जाव १०१ रनमा अलआउट
पञ्जाव किंग्स १०१ रनमा अल आउट भएको छ । जारी आइपिएलको पहिलो क्वालिफायरमा पञ्जाव किंग्स रोयल च्यालेन्जर्सविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै १४.१ ओभरमा अलआउट हुदै १०१ रन बनाएको हो ।पञ्जावका लागि मार्कस स्टोइनिसले सर्बाधिक २६ रन बनाए भने प्रभसिमरन सिंह र अज्मतुल्लाह ओमारजाईले १८-१८ रन बनाएका थिए ।त्यसैगरी रोयल च्यालेन्जर्सका बलर जोस हजेलवूड र सुयाश शर्माले ३-३ विकेट लिए भने यश दयालले २ तथा भुवानेश्वर कुमार र रोमारियो शेफार्डले एक एक विकेट लिए ।यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित भएको टिम दोस्रो क्वालिफायर खेल्न पाउने छ ।