आइपिएलको पहिलो क्वालिफायरमा आज पञ्जाव र रोयल च्यालेन्जर्स भिड्दै

बिहीबार, जेठ १५, २०८२
Global Ime Bank

काठमाडौँ । जारी आइपिएलको पहिलो क्वालिफायर आज हुँदैछ । पहिलो क्वालिफायरमा अंक तालिकामा शीर्ष स्थानमा रहेको पञ्जाव किंग्स र दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदैछ ।पञ्जावको मुल्लानपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुँदैछ । यसअघि खेलिएका १७ सिजनमा आइपिएलको उपाधि जित्न नसकेका पञ्जाव र बैंगलुरु यस सिजनमा पहिलो र दोस्रो हुँदै पहिलो क्वालिफायरमा खेल्न लागेका छन् ।यस खेलमा विजयी हुने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । यस सिजनमा लिग चरणमा अप्रिल २० मा भएको खेलमा रोयल च्यालेन्जर्सले पञ्जावलाई ७ विकेटले पराजित गरेको थियो । पञ्जाव अहिलेसम्म आइपिएलमा २०१४ मा उपविजेता बनेको थियो भने त्यसपछि पहिलो पटक प्लेअफ खेल्दैछ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरु २००९, २०११ र २०१६ मा उपविजेता बनेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार