सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । आइपिएल टिम लखनऊ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध स्लो ओभर रेटको कारण जरिवाना गरिएको छ । यो सिजनमा लखनउ तेस्रो पटक यस्तो गल्ति गरेको हो, त्यसैले कप्तान पन्तलाई ३० लाख भारु रुपैयाँ जरिवाना गरिएको छ । खेल्ने बाँकी ११ खेलाडीहरूमध्ये प्रत्येकलाई १२ लाख रुपैयाँ वा उनीहरूको म्याच शुल्कको ५० प्रतिशत (जुन कम हुन्छ) जरिवाना गरिएको छ । यद्यपि यो पन्तको तेस्रो यस्तो गल्ति थियो, यद्यपी उनलाई प्रतिबन्ध भने लगाइएको छैन । आइपिएल २०२४ सम्म तीन पटक स्लो ओभर रेटको गल्ति भएमा खेलमा प्रतिबन्ध लाग्ने नियम थियो । यस पटक यो नियम परिवर्तन गरिएको थियो । लखनउ यस सिजनमा १४ खेलमा ६ जित र १२ अंकसहित टोली अंक तालिकामा सातौं स्थानमा रहेर सिजनको समाप्ति गरेको छ ।