७३ बर्षपछि पनि नहटने भो साउदीमा मदिरामाथि लगाइएको प्रतिबन्ध

बुधबार, जेठ १४, २०८२
Global Ime Bank
मयुर प्लाई

रियाद । साउदी अरबमा मदिरामाथिको प्रतिबन्ध हटने भन्ने समाचार हल्ला मात्रै भएको छ । साउदी अधिकारीहरूले खाडी देशमा मदिरा माथिको ७३ वर्षदेखिको प्रतिबन्ध हटाउने कुनै योजना नरहेको बताएका छन् । साउदीले मदिरामाथि प्रतिबन्ध हटाउने केही मिडियाले दाबी गरेपनि त्यसलाई रिपोर्टलाई अस्वीकार गरेको छ । सन् २०३४ मा साउदी अरेबियाले फुटबल विश्वकप आयोजना गर्ने तयारी गरिरहेकाले मदिरा माथिको ७ दशक लामो प्रतिबन्ध हटाउन लागिएको मिडियामा दाबी गरिएको थियो । समाचारमा भनिएको थियो कि साउदी अधिकारीहरुले पर्यटकहरुलाई मदिरा बेच्ने योजना बनाइरहेका छन् । गत हप्ता मात्रै यो दाबी एक वाइन ब्लगमा  प्रकाशित भएको त्यसपछि यो खबर अन्तर्राष्ट्रिय मिडियामा फैलिन पुगेको थियो । यद्यपी यो समाचारको स्रोतबारे भने केही जानकारी दिइएको छैन । एक समयको गहिरो रूढिवादी देशले आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्न तथा पर्यटक र अन्तर्राष्ट्रिय व्यवसायहरूलाई आकर्षित गर्न केही प्रतिबन्धहरूमा भने अहिले कम गरेको छ । तर खाडी राष्ट्रहरूमध्ये साउदी अरेबिया र कुवेत मात्र छन्, जहाँ मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार