सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । भारतले पाकिस्तानमा लुकेर बसेका आतंकवादीहरूको अखडालाई लक्षित गरी मे ७ मा ‘अपरेशन सिन्दूर’ नाम दिएर हमला गरेको थियो । जसको उद्देश्य पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा स्थापित आतंकवादीहरूको लुकेर बस्ने ठाउँलाई ध्वस्त बनाउनु थियो । जैश ए मोहम्मद, लश्कर ए तैयबा र हिजबुल मुजाहिद्दीन जस्ता संगठनहरूसँग सम्बद्ध आतंककारीहरूमाथि यो हमला गरिएको थियो । अपरेशन सिन्दूर गत अप्रिल २०२५ मा पहलगाममा आतंकवादी हमलामा २५ निर्दोष मानिसहरूको ज्यान गएको प्रतिक्रियामा भारतले यो कारबाही गरेको हो । अब सोही ‘अपरेशन सिन्दूर’ को सफलता आईपीएलमा पनि मनाइने भएको । बिसिसिआइले एउटा विशेष योजना बनाएको छ, जुन आईपीएल २०२५ को समापन समारोहमा देखिनेछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को समापन समारोहमा भारतीय सशस्त्र बल (आईएएफ) लाई विशेष श्रद्धाञ्जली अर्पण गर्ने योजना बनाएको छ । यो समारोह आईपीएलको फाइनल खेल सुरु हुनुअघि जुन ३ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । स्पोर्ट स्टारका अनुसार बीसीसीआई सेक्रेटरी देवजित सैकियाले भनेका छन, ‘भारतीय क्रिकेटको प्रशासकीय निकायले यसका लागि रक्षा प्रमुखका साथै सेना, नौसेना र वायुसेनाका प्रमुखहरूलाई निम्तो दिएको छ।’ पहलगामी घटना पछि गरिएको ‘अप्रेसन सिन्दुर’का कारण आईपीएल २०२५ एक साताका लागि स्थगित भएको थियो, त्यसपछि म्याच पुन गत मे १७ बाट सुरु भएको थियो । लिगको फाइनल यसअघि मे २५ मा कोलकातामा खेलिने भनिएको थियो । तर, भारत र पाकिस्तानबीचको तनावका कारण यस प्रतियोगिताको फाइनल अब ३ जुनमा हुनेछ । प्लेअफ खेल २९ मेबाट सुरु हुनेछ, जसमा मुल्लानपुरमा पहिलो क्वालिफायर र एलिमिनेटर खेल्नेछ ।