सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । लामिन यमलले बार्सिलोनामा २०३१ सम्म रहने सम्झौता गरेका छन् । १७ बर्षिय यमलले बार्सिलोनामा नयाँ सम्झौता गर्दै २०३१ सम्म क्लबमै रहने भएका हुन् । मिडिया रिपोर्टका अनुसार यमलले बार्सिलोनामा हरेक बर्ष न्युनतम १५ मिलियन युरो पारिश्रमिक पाउने छन् भने उनको प्रदर्शनको आधारमा पाउने बोनस जोड्दा कुल २० मिलियन युरोसम्म पुग्ने बताइएको छ । बार्सिलोनाले यमलको रिलिज शर्त एक बिलियन युरो राखेको छ । यमलले कम उमेरमा बार्सिलोनाको सिनियर टिमबाट खेल्दै १८ गोल गरेका छन् भने २५ गोल असिस्ट गएका छन् । रिपोर्टका अनुसार अन्सु फातीले बार्सिलोना छोडेपछि बार्सिलोनाको १० नम्बर जर्सी यमलले पाउने भएका छन्, जुन यसअघि लियोनेल मेसी र रोनाल्डिन्होले लगाएका थिए । योसँगै यमल अब बार्सिलोनाको प्रमुख खेलाडी बनेका छन् ।