विश्वकप लिग-२: ओमानमाथि अमेरिका ९ रनले विजयी

बुधबार, जेठ १४, २०८२
Global Ime Bank

काठमाडौँ । अमेरिकाले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा ओमानलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अमेरिकाले ओमानलाई ९ रनले पराजित गरेको हो । अमेरिकाले दिएको २९४ रनको लक्ष्य पछाएको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो । ओमानका लागि सुफयान मेहमूदले सर्बाधिक ७२ रन बनाए भने हमाद मिर्जाले ५० रन बनाएका थिए । त्यस्तै विनायक शुक्लाले ४६ र कप्तान जितेन्दर सिंहले ४२ रन बनाएको थियो । त्यस्तै अमेरिकाका बलर हर्मित सिंह र जसदिप सिंहले ३-३ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २९३ रन बनाएको थियो । अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले सर्बाधिक ७३ रन बनाएका थिए भने समित पटेलले ४१, संजय कृष्णामुर्थीले ४० र शयन जहानगिरले ३७ रन बनाएका थिए । त्यसैगरी ओमानका सुफयान मेहमूदले ३ तथा शकील अहमद र अमिर कालीमले २-२ विकेट लिएका थिए । यो जितपछि लिग-२ मा अमेरिकाको २० खेलमा २८ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै ओमानको २० खेलमा २४ अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।जारी लिग-२ को अंक तालिकामा नेपाल १२ खेल खेल्दै ६ अंक हासिल गरेर पुछारमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार