बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडीलाई परिषदको बधाई तथा सम्मान

बुधबार, जेठ १४, २०८२
Global Ime Bank

काठमाडौँ । एएसबीसी युथ तथा यु–२२ बक्सिङ प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाईसहित सम्मान गरेको छ ।मंगलबार परिषदका सदस्य–सचिव टंकलाल घिसिङले पदक विजेता खेलाडीलाई स्वागत गर्दै बधाई तथा सम्मान गरेका हुन् ।श्रीलंकाको कोलम्बोमा मे १२ देखि २४ तारिखसम्म भएको प्रतियोगिताको पुरुष ५१ केजीमा अर्पिल राना र ६० केजीमा सिंहवीर लिम्बू तथा महिला ८० केजीमाथि त्रिशा जबेगु र ६० केजीमा नारिका राईले काश्य पदक जितेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार