यस्तो बन्यो आइपिएलको प्लेअफको समीकरण

बुधबार, जेठ १४, २०८२
Global Ime Bank

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समीकरण पुरा भएको छ । गएराती लिग चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरणको टुंगो लागेको हो । लिग चरणका खेल सकिएपछि पञ्जाव किंग्स १४ खेलमा १९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने रोयल च्यालेन्जर्स बैंगलुरुको पनि १४ खेलमा १९ अंकसहित रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै गुजरात टाइटन्सको १४ खेलमा १८ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै मुम्बई इण्डियन्सको १४ खेलमा १६ अंक रहेकोछ र चौथो स्थानमा रहेको छ । अब शिर्ष दुई स्थानमा रहेका पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स पहिलो क्वालिफायर खेल्ने भएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेको गुजरात टाइटन्स र चौथो स्थानमा रहेको मुम्बई इण्डियन्स इलिमिनेटर खेल्ने भएका छन् । अब प्लेअफका खेल विहिबारदेखि शुरु हुने छन् । विहिबार पहिलो क्वालिफायर पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्ने छन् । यो खेलमा विजयी हुने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । त्यस्तै शुक्रबार इलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्स खेल्ने छन् । यो खेलमा विजयी हुने टिम दोस्रो क्वालिफायर खेल्ने छ र पराजित हुने टिम बाहिरिने छ । दोस्रो क्वालिफायर खेल आइतबार र फाइनल खेल मंगलबार हुने तालिका छ । 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार