सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेलको लागि त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाई भएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई, केन्द्रीय सदस्य सरीला श्रेष्ठ मलेकु लगायतले खेलाडी तथा प्रशिक्षक टोलीलाई बिदाई गरेका हुन् । नेपाली टिमको मुख्य प्रशिक्षक राजेन्द्र तामाङ रहेका छन् । २३ सदस्यीय नेपाली टिममा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डर अमृता जैसी, गीता राना, विमला विक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे र मनमाया दमाई रहेका छन् । त्यसैगरी मिडफिल्डरमा अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सुरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल र सुस्मा तामाङ रहेका छन् । त्यस्तै फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् ।नेपाली महिला टिमले अस्ट्रेलियाका एएफसी महिला एसिया कप–२०२६ छनोटका तयारीका निम्ति थाइल्यान्डविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।एन्फाका अनुसार, नेपालले मे ३० मा बन्द रंगशालाभित्र थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । यसपछि नेपालले जुन २ मा थाइल्यान्डसँग आधिकारिक फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । यसपछि नेपालले एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । छनोटमा नेपाल समूह ‘एफ’मा छ । यस समूहमा नेपालसँगै श्रीलंका, लाओस र उज्वेकिस्तान रहेका छन् ।