सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जारी आइपिएलको लिग चरणको अन्तिम खेल आज खेलिँदै छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ । रोयल च्यालेन्जर्स प्लेअफमा छनौट भइसकेको छ भने आजको जितले उसलाई शीर्ष दुई स्थानमा पुर्याउने छ । त्यस्तै यो खेल हारेमा तेस्रो स्थानमा रहँदै मुम्बई इण्डियन्सविरुद्ध इलिमिनेटर खेल्ने छ । हाल रोयल च्यालेन्जर्सको १३ खेलमा १७ अंक छ र तेस्रो स्थानमा रहेको छ । लखनउलाई फराकिलो अन्तरले पराजित गर्न सकेमा रोयल च्यालेन्जर्ससँग शीर्ष स्थानमा पुग्ने अवसर समेत रहेको छ । त्यस्तै लखनउ भने प्लेअफको दौडबाट बाहिरिएको छ । १३ खेलमा १२ अंक रहेको लखनउ हाल सातौं स्थानमा रहेको छ ।