भारतमा कोरोना संक्रमण बढ्यो, हजारभन्दा बढी सक्रिय केस

सोमबार, जेठ १२, २०८२
Global Ime Bank

काठमाडौँ । भारतमा कोरोनाको नयाँ लहर देखिएको छ । भारतमा कोरोनाका हाल १००९ सक्रिय केसहरू रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार, हाल कुल १००९ सक्रिय केसहरू रहेका छन् । जसमा केरलामा सबैभन्दा धेरै सक्रिय केसहरू ४३० छन्, त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ पुष्टि भएका केसहरू रहेका छन् ।कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले कोरोनाको बारेमा चिन्ता लिनुपर्ने कुनै कुरा नभएको बताएका छन् । कोरोनाको बढ्दो संख्यामा कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले भने, 'अवश्य पनि, हामीले दक्षिण पूर्वी एसियाली देशहरूमा कोरोनाको बढ्दो घटनाहरू सुनेका छौं, तर त्यहाँ पनि संक्रमण हल्का रहेको छ । भारतमा रिपोर्ट गरिएका कोरोनाका घटनाहरू पनि हल्का छन् ।'त्यस्तै महाराष्ट्रमा केहि कोरोना संक्रमितको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार