आइपिएलबाट सन्यास लिने बारे धोनीले के भने ?

सोमबार, जेठ १२, २०८२
Global Ime Bank

काठमाडौँ । महेन्द्र सिंह धोनीले आइपिएलबाट सन्यास लिन आफूसँग ४-५ महिनाको समय रहेको बताएका छन् । आइतबार गुजरात टाइटन्सलाई पराजित गरेर सिजनको अन्त्य गरेपछि ४३ बर्षिय धोनीले आइपिएलबाट सन्यास लिने बारेमा अस्पष्ट जवाफ दिएका हुन् । आजको खेललाई धोनीको आइपिएलमा अन्तिम खेल भन्दै प्रचार समेत गरिएको थियो । तर धोनीले खेलपछि सोधिएको प्रश्नमा सन्यास बारे निर्णय लिन केही समय लिने र त्यसपछि निर्णय गर्ने बताएका छन् । उनले भने- 'यो निर्भर गर्दछ । म पनि त्यही भन्छु । मलाई निर्णय लिन चार-पाँच महिना लाग्छ । के गर्ने भनेर निर्णय गर्न हतार छैन । शरीरलाई तन्दुरुस्त राख्न हरेक वर्ष ५० प्रतिशत बढी प्रयास आवश्यक पर्दछ ।' उनले अगाडी भने- 'मसँग प्रशस्त समय छ । म फेरि राँची जान्छु, म धेरै समयदेखि घर गएको छैन । म केही साइकल यात्राको आनन्द लिनेछु र केही महिना पछि निर्णय लिनेछु । म यो भन्दिन कि मेरो काम सकियो र साथै म यो पनि भन्दिन कि म फेरि आउनेछु । मसँग समय निर्णय गर्ने समय छ ।' यस सिजनमा चेन्नईले १४ खेलमा केवल ४ खेल जितेर पुछारमा रहँदै सिजनको अन्त्य गरेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार