इङलिश प्रिमियर लिगबाट ६ क्लबले च्याम्पियन्स लिग खेल्ने

सोमबार, जेठ १२, २०८२
Global Ime Bank

काठमाडौँ । इङलिश प्रिमियर लिगबाट आउदो सिजनमा ६ क्लबले युइएफए च्याम्पियन्स लिग खेल्ने भएका छन् । प्रिमियर लिगका खेल सकिएसँगै च्याम्पियन्स लिग खेल्ने टिमको टुंगो लागेको हो । लिग च्याम्पियन लिभरपुल, दोस्रो स्थानमा रहेको आर्सनल, तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी, चौथो स्थानमा रहेको चेल्सी र पाँचौं स्थानमा रहेको न्यूक्यासल युनाइटेड च्याम्पियन्स लिगमा छनौट भएका छन् । लिभरपुलले ३८ खेलमा ८४ अंकसहित लिगको उपाधि जितेको छ । त्यस्तै आर्सनल ३८ खेलमा ७४ अंकसहित दोस्रो स्थानमा रह्यो भने म्यानचेस्टर सिटीको ३८ खेलमा ७१ अंकसहित तेस्रो स्थानमा रह्यो । त्यस्तै चेल्सीको ३८ खेलमा ६९ अंकसहित चौथो स्थानमा रहेको छ । त्यसैगरी न्यूक्यासल युनाइटेड ३८ खेलमा ६६ अंकसहित पाँचौं स्थानमा रहेको छ । समान ६६ अंक रहेपनि गोल अन्तरका आधारमा छैटौं स्थानमा रहेपछि एस्टन भिल्ला युरोपा लिगमा छनौट भएको छ ।त्यस्तै लिगमा १७ औँ स्थानमा रहेपनि युरोपा लिग जितेको टोटनह्याम पनि च्याम्पियन्स लिग खेल्ने भएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार