अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चाैका हान्ने पहिलाे एसियन क्रिकेटर

सोमबार, जेठ १२, २०८२
Global Ime Bank

काठमाडौं । आइपिएल २०२५ को लिग चरणको अन्तिम खेल लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच एकना स्टेडियममा खेलिँदैछ र यही खेलको नतिजाले यो सिजनको शीर्ष २ टोलीको टुंगो लगाउने छ । यस खेलमा बेंगलुरुले लखनउलाई ठूलो अन्तरले पराजित गरेमा यो सिजनको क्वालिफायर खेल्न सक्छ । आरबीसीले एकपटक पनि आईपीएलको उपाधि जित्न सकेको छैन, त्यसैले टोलीले यो सिजन जितको खडेरी अन्त्य गर्ने प्रयास गर्नेछ । साथै, यो सिजन आईपीएल इतिहासमा सबै समयको कीर्तिमान पनि तोड्न सक्ने ठाउँ देखिएको र खासमा विराट कोहली त्यसको धेरै नजिक छन् । आईपीएलको इतिहासमा सबैभन्दा बढी चौका प्रहार गर्ने कीर्तिमान शिखर धवनको नाममा छ, जसले २२२ खेलको २२१ इनिङ्समा ७६८ चौका प्रहार गरेर सो रेकर्ड कायम गरेका हुन् ।  यो सूचीमा विराट कोहली दोस्रो स्थानमा छन्, जसले २६४ खेलको २५६ इनिङ्समा ७५६ चौका प्रहार गरिसकेका छन् । यस्तो अवस्थामा विराट कोहलीसँग यो सिजनमा धवनलाई पछाडि छोड्ने सुनौलो मौका रहेको छ, त्यसका लागि कोहलीलाई मात्र थप १३ चौका चाहिन्छ । आरसीबी प्लेअफका लागि छनोट भएको छ । यस्तो अवस्थामा कोहलीले कम्तिमा एक थप खेल खेल्नेछन् अर्थात् बाँकी दुई खेलमा कोहलीले १३ चौका प्रहार गरे भने उनले आईपीएल इतिहासकै सबैभन्दा ठूलो कीर्तिमान बनाउन पाउने छन् । विराट कोहलीले यो सिजन पनि ५०० भन्दा बढी रन बनाइसके छन् । चालू सिजनमा उनले हालसम्म १२ खेलमा १२ इनिङ्समा ६०.८८ को औसत र १४५.३५ को स्ट्राइक रेटमा ५४८ रन बनाएका छन् र उनी ओरेन्ज क्यापको दावेदारको सूचीमा रहेका छन् । र, कोहलीले यो सिजन सात अर्धशतक पनि बनाइ सकेका  छन् । यस अवधिमा उनको ब्याटबाट ५१ चौका र १९ छक्का निस्केका थिए । कोहली यस सिजन बेंगलुरुका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । साथै, यदि कोहलीले मंगलबार आफ्नो इनिङ्समा पाँच चौका प्रहार गरे भने उनी टी–२० क्रिकेटमा १२०० चौका प्रहार गर्ने पहिलो भारतीय खेलाडी पनि बन्ने छन् । टी–२० क्रिकेटमा हालसम्म तीन ब्याट्सम्यान एलेक्स हेल्स, डेभिड वार्नर र जेम्स भिन्सले मात्र यो रेकर्ड बनाउन सकेका छन् । यदी, त्यो पूरा गरे भने कोहली १२ सय चौका प्रहार गर्ने पहिलो एसियाली ब्याट्सम्यान पनि बन्नेछन् । कोहलीले ४११ टी–२० खेलमा ११९५ चौका प्रहार गरिसकेका छन् । टी–२० क्रिकेटमा कोहलीले ४१.९८ को औसत र १३४.६२ को स्ट्राइक रेटमा १३ हजार ४३४ रन बनाएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार