कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना 

सोमबार, जेठ १२, २०८२
Global Ime Bank

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ ।  आज राति भने, कोशी, मधेश र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेश प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार