सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । इन्टर मियामी अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा हारबाट जोगिएको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले खेलमा कमव्याक गर्दै फिलाडेलफियासँग ३–३ गोलको बराबरी खेलेको हो । इन्टर मियामीलाई लियोनेल मेसी र टेलास्को सेगोभियाले गोल गर्दै बराबरी गरेका थिए । यसअघि इन्टर मियामीका लागि पहिलो गोल टाडेओ एलेनडेले गरेका थिए । त्यस्तै फिलाडेलफियाका लागि टाई बारिबोले २ तथा क्यून सुलीभानले एक गोल गरेका थिए । यो बराबरीपछि फिलाडेलफियाको इस्टर्न कन्फेरेन्समा १५ खेलमा ३० अंक भएको छ र शिर्ष स्थानमा छ । त्यसैगरी इन्टर मियामीको १४ खेलमा २३ अंक भएको छ र हाल छैटौं स्थानमा रहेको छ ।