गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

शनिबार, जेठ १०, २०८२
Global Ime Bank

काठमाडौं । आजकल अनावश्यक गर्भावस्था रोक्न मेडिकल काउन्टरमा धेरै औषधिहरू उपलब्ध रहेका हुन्छन् । यसलाई गर्भनिरोधक चक्की भनिन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार यी औषधिहरू आपतकालीन अवस्थामा प्रयोग गर्न सकिन्छ तर यसको अत्यधिक प्रयोग खतरनाक हुन सक्छ । किनभने, यसले हर्मोनल सन्तुलन बिग्रन सक्छ र भविष्यका लागि खतराहरू सिर्जना गर्न सक्छ। अब एउटा नयाँ अध्ययनले गर्भनिरोधक चक्की सेवन गर्दा महिलामा स्ट्रोकको जोखिम झण्डै ३ गुणाले बढ्न सक्ने खुलासा गरेको छ । यस अध्ययनमा धेरै अचम्मका कुराहरु बाहिर आएका छन्, जुन सबै महिलाले जान्नै पर्ने हुन्छ । टर्कीको इस्तानबुल विश्वविद्यालयको न्यूरोलोजी विभागका विज्ञहरूले यो अध्ययन गरेका हुन् । गर्भनिरोधक चक्की प्रयोग गर्ने महिलामा क्रिप्टोजेनिक स्ट्रोकको जोखिम ३ गुणा बढी हुने गरेको पाइएको छ । क्रिप्टोजेनिक एक स्ट्रोक हो, यसको कुनै स्पष्ट कारण पत्ता लागेको थिएन् । सामान्यतया यो रोग युवाहरूमा हुने ४० प्रतिशत इस्केमिक स्ट्रोक केसहरूसँग सम्बन्धित छ। यस अध्ययनका प्रमुख डा. माइन सेजगिनले गर्भनिरोधक चक्की र स्ट्रोक बीचको यो सम्बन्ध अहिले थप स्पष्ट भएको बताए । अचम्मको कुरा के छ भने स्ट्रोकको यो जोखिम ती महिलाहरूमा पनि देखिएको थियो, जसमा अन्य जोखिम कारकहरू भने थिएनन्। यसको मतलब यसको पछाडि आनुवंशिक वा जैविक कारण हुनसक्छ । यस अनुसन्धानमा १८ देखि ४९ वर्षका २६८ महिलालाई समावेश गरिएको थियो । जसलाई क्रिप्टोजेनिक इस्केमिक स्ट्रोक (सिआइएस) भनिएको छ। यसबाहेक नियन्त्रण समूहमा स्ट्रोकमुक्त महिलाको संख्या पनि उस्तै थियो । यो अध्ययन युरोपका १४ मेडिकल सेन्टरहरूमा गरिएको थियो ताकि परिणामहरू थप विश्वसनीय हुन सकून् । अन्वेषकहरूले स्ट्रोकको जोखिमलाई पूर्णतया रोक्न नसकिने तर गर्भनिरोधक औषधि सेवन गर्नु अघि रक्तनलीसँग सम्बन्धित जोखिम कारकहरू जाँच गर्नुपर्ने सुझाएका छन् । महिलाहरु जो पहिले देखि नै उच्च रक्तचाप, हृदय समस्या वा स्ट्रोक को पारिवारिक इतिहास छ, यस्ता चक्कीहरूले उनीहरूका लागि थप खतरा निम्त्याउन सक्छ ।  यस अनुसन्धानले डाक्टरहरूलाई महिलाको स्वास्थ्यको सन्दर्भमा थप सावधान र व्यक्तिगत मूल्याङ्कन गर्न मद्दत गर्नेछ। यसले सुनिश्चित गर्नेछ कि महिलालाई गर्भनिरोधक औषधि दिनु अघि उनको स्वास्थ्य जोखिमहरू राम्ररी जाँच गरिनु जरूरी छ । अन्वेषकहरूले यो पनि भने कि उनीहरू अब कसरी हार्मोनल गर्भ निरोधकहरूले जैविक र आनुवंशिक स्तरमा स्ट्रोकको जोखिम बढाउँछ भनेर बुझ्न प्रयास गरिरहेका छन् । यो अनुसन्धान युरोपियन स्ट्रोक संगठन सम्मेलन २०२५ मा प्रस्तुत गरिएको थियो, जसले यस विषयमा थप र गहिरो अनुसन्धानको दिशा तय गर्नेछ। यस अनुसन्धानले भविष्यमा गर्भनिरोधक चक्कीहरूको प्रयोगमा सावधानी अपनाउनुपर्ने संकेत गरेको छ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार