आइपिएल : लगातार चौथो जितपछि गुजरात टाइटन्सको पहिलो हार

शुक्रबार, जेठ ९, २०८२
Global Ime Bank

काठमाडौं । लखनउ सुपर जायन्ट्सले गुजरात टाइटानलाई पराजित गर्दै सिजनको छैठौं जित दर्ता गरेको छ । बिहीबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा दुई विकेट गुमाउँदै २३५ रन बनाएको थियो ।  जवाफमा गुजरातले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २०२ रन मात्र बनाउन सक्यो । घरेलु मैदानमा लगातार चार जितपछि गुजरातको यो पहिलो हार हो ।  पराजयका बाबजुद गुजरात १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । लखनउ भने यसअघि नै आईपीएलबाट बाहिरिएको छ । लखनउ १२ अङ्क सहित छैटौँ स्थानमा छ । गुजरातले अन्तिम खेल चेन्नाई सुपर किङसँग खेल्ने छ । दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर बंगलोरु र तेस्रो स्थानको पन्जाब किङ्सको १७ अङ्क छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार