टोटनहम युरोपा लिग च्याम्पियन

बिहीबार, जेठ ८, २०८२
Global Ime Bank

काठमाडौं । टोटनहमले युरोपा लिगको उपाधि जितेको छ । म्यानचेस्टर युनाइटेडलाई बुधबार १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो । टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो ।‌ ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । साथै, टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । क्लबले १ सय मिलियन‌ पाउन्डको आर्थिक लाभ पनि पाउनेछ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार