विश्वकपको 'ग्लोबल क्वालिफायर'मा पुग्न नेपाली महिला क्रिकेट टोलीले अन्तिम खेलमा गरेको सङ्घर्ष

सोमबार, जेठ ५, २०८२

एक सङ्घर्षपूर्ण प्रतिस्पर्धामा यूएईलाई पाँच विकेटले हराउँदै राष्ट्रिय महिला क्रिकेट टोली टी २० विश्वकपको 'ग्लोबल क्वालिफायर' मा छनोट हुन सफल भएको छ। थाईल्यान्डमा जारी प्रतियोगितामा टस जितेर पहिले फील्डिङ रोजेको नेपालले पहिले यूएईलाई ११४ रनमा रोक्यो भने ब्याटिङमा सङ्घर्ष गर्दै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। सिनिअर विश्वकपमा पुग्ने लक्ष्यका साथ मेहनत गरिरहेको महिला टोली यस जितसँगै उक्त यात्राको एक कदम नजिक पुगेको छ।ग्लोबल क्वालिफायरतर्फको यात्रा नेपालका लागि संयोग र मेहनतको मिश्रण रह्यो। पहिलो लीग चरणबाटै बाहिरिने खतरामा पुगिसकेको नेपाल वर्षाले साथ दिएकै कारणले मात्र ुसूपर थ्रीुमा पुगेको थियो।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार