नेपालले टस जित्यो‌

सोमबार, जेठ ५, २०८२
Global Ime Bank

काठमाडौं । आइसिसी महिला टी ट्वान्टी वल्ड कप एसिया क्वालिफायरको महत्वपूर्ण खेलमा नेपालले युएईको सामना गर्दैछ । सुपर थ्रीको यो प्रतिस्पर्धामा जित निकाले नेपाल ग्लोबल छनोटमा नेपालले स्थान सुरक्षित गर्नेछ । हारले नेपालको छनोट यात्रामा पूर्ण विराम लाग्नेछ । टेर्डथाई क्रिकेट मैदानमा कप्तान इन्दु बर्माले टस जितेकी छिन् । टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । हिजो भएको खेलमा युएईलाई ५४ रनले हराउँदै आयोजक थाइल्याण्ड भने ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल भैसकेको छ । त्यसैले आज नेपाललाई जित जरुरी छ। नेपाल, थाइल्याण्ड र युएई तीन समूहको विजेता बन्दै सुपर थ्रीमा पुगेका हुन् । आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो ।  यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ । प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन् । प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । यो प्रतियोगितामा सहभागी तीन टिमले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने महिला टिमले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । अहिलेसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने बंगलादेश, स्कटल्यान्ड र अमेरिका गरेर तीन टिमको मात्र टुंगो लागेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार