सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्स १० विकेटको सानदार जित हात पार्दै प्ले अफमा प्रवेश गर्न सफल भएको छ । गुजरातले दिल्ली क्यापिटल्सलाई १० विकेटको फराकिलो अन्तरमा हरायो। दिल्लीको जितमा शुभमन गिल र साइ सुदर्शनको सानदार साझेदारी गरे । गुजरातसँगै रोयल च्यालेन्जर्स पन्जाब (आरसिबी) र पन्जाब सुपर किङ्स पनि आइपिएलको प्ले अफमा प्रवेश गरेका छन् । जितको लागि २ सय रनको चुनौति गुजरातले १९ ओभरमा विना कुनै विकेटको नोक्सानीमा पुरा गर्दै १० विकेटको सानदार जित दर्ज गरेको हो । ओपनरद्वय शुभमन र सुदर्शनले सानदार शैलीमा गुजरातलाई एकपक्षीय जित दिलाए । दिल्लीका कुनै पनि बलरले यी दुई खेलाडीलाई आउट गर्न सकेनन् । शुभमनले ६१ बलमा १२ चौका र ४ छक्कासहित अविजित १ सय ८ रन जोडे । शुभमनले ५३ बलमा अविजित ९३ रन बनाए । यो सँगै गुजरातले १० विकेटको जित हात पार्यो। त्यसअघि अरूण जैटली स्टेडियममा टस जितेर गुजरातले दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतार्यो । निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । ओपनर फाप डु प्लेसिस ५ रनमा आउट हुँदा दिल्लीले १६ रन बनाएको थियो । तर अर्का ओपनर केएल राहुल र अभिषेक पोरेलले दोस्रो विकेटको लागि ९० रनको साझेदारी गरे । अभिषेक ३० रन जोडेर साइ किशोरको बलमा आउट भए । अक्षर पटेल २५ रनमा समेटिए। केएल राहुल भने क्रिजमा जमे । उनले शतकीय पारी खेले । केएलले ६० बल खेल्दै १२ चौका र ४ छक्का सहित शतकीय सफलता प्राप्त गरे । उनले बिष्फोटक ब्याटिङ गर्दै अविजित १ सय १२ रनको तारिफयोग्य प्रदर्शन गरे । ट्रिस्टान स्टब्स अविजित २१ रनमा रहे । बलिङमा गुजरातको लागि अर्सद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले समान १ विकेट लिए । यो जितमा गुजरात १८ अंक सहित शीर्षस्थानमा उक्लिदै प्ले अफमा प्रवेश गरेको छ। समान १७ अंक बनाएका आरसिबी र पन्जाब पनि प्ले अफमा पुगेका छन् । अब दिल्ली, मुम्बई र लखनउ मध्ये एक टिम प्ले अफमा पुग्नेछन्। मुम्बईसँग १४, दिल्लीसँग १३ र लखनउसँग १० अंक रहेको छ । लखनउले १० खेल खेलेको छ ।