शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

आइतबार, जेठ ४, २०८२
Global Ime Bank

काठमाडौं । प्रतिनिधि सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाबाट उक्त विधेयक पारित भएको हो ।  प्रतिनिधि सभामा सांसदहरुले उठाएको विषयको जवाफ दिदैँ शिक्षामन्त्री रघुजी पन्तले अव कैलाली र कञ्चनपुर विश्वविद्यालयले शिक्षाको एउटा महत्वपूर्ण केन्द्र बन्ने बताए ।  ‘काठमाडौंदेखि कैलाली र कञ्चनपुरलाई नाघेर दिल्लीतिर जाने लर्कोलाई यो विश्वविद्यालय निर्माणपछि त्यो कैलालीको गेटमा रोकिनेछ । र कैलाली स्वास्थ्य र शिक्षाको एउटा महत्वपूर्ण केन्द्रका रुपमा उपस्थित जनाउनेछ,’ उनले भने । 

Photo-(1)-(1)-1747578358.png
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार