सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । तेस्रो जनकपुरधाम मेयरकप २०८२ को उपाधी भारतको लखनउले जितेको छ । जनकपुरधामको निर्माणधिन रामजानकी बहुउद्देशिय क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न फाइनल खेलमा बारालाई ८ विकेटले पराजित गर्दै लखनउ टिमले उपाधी हात पार्न सफल भएको हो । फाइनल खेलमा बारा टिमलाले पहिलो ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । बाराका लागि रवि साहले ५४, आदिल अंसारीले ५०, विवेक यादवले २२, पवन सर्राफले १६, त्रित दासले ९ र निरंजन यादवले ७ रन जोडेका थिए भने अरनिको यादव शुन्य रनमै आउट भएका थिए । लखनउका लागि सुभम यादव र मनिष सिंलेह २/२ तथा शैलेन्द सिंह र अस्मित मिश्राले १/१ विकेट लिएका थिए । १६९ रनको विजयी लक्ष्यसहित व्याटिङ्ग गर्न मैदानमा ओर्लेका लखनउ टिमले १७ ओभर ४ बलमा २ विकेट गुमाएर १७३ रन बनाएको थियो । लखनउका लागि हर्षित यादवले ९८, सुमित पाठकले ५३, अंकित सिंहले १९ र सोमन महन्तीले २ रन जोडेका थिए । बाराका पवन सर्राफ र साहब आलम १/१ विकेट लिएका थिए । कप विजेता लखनउ टिमलाई दुई लाख नगद र ट्रफी तथा उपविजेता बारा टिमलाई एक लाख २५ हजार नगद तथा ट्रफि प्रदान गरिएको छ ।