काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षा

शनिबार, जेठ ३, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा शुक्रबार साँझ  र अहिले बिहान हलका वर्षा भएको छ । हावाहुरीसहितको वर्षाका कारण जनजीवन प्रभावितसमेत भएको छ ।  राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले नवलपरासी कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारा, कपिलवस्तुलगायत जिल्ला हावाहुरीबाट बढी प्रभावित भएको बताए । हावाहुरी र वर्षाका कारण केही जिल्लामा मानवीय क्षति र भौतिक सम्पत्तीमा समेत क्षति भएको छ । शुक्रबार साँझको हावाहुरीको कारण दुई जनाको मृत्यु भएको र सात जना घाइते भएका जानकारी प्राप्त भएको पनि उनले बताए । नवलपरासी पश्चिममा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको छ। उनले बारामा एक, कैलालीमा दुई, कञ्चनपुरमा एक र नवलपरासीमा तीन जना घाइते भएका छन्। सर्लाही, चितवन लगायतका जिल्लामा पनि हावाहुरीले क्षति गरेको छ। 
आज (शनिबार) पनि वर्षा तथा हावाहुरी ल्याउने प्रणाली कायम रहने मौसमविद्को अनुमान छ ।  उक्त प्रणाली पूर्वतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिइन् । गएराति कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदलीसहित केही ठाउँमा वर्षा भएको छ।  काठमाडौँमा शनिबार अपरान्हतिर शुक्रबारकै जस्तो बदली हुने सम्भावना रहेको पनि मौसमविद् महर्जनले जानकारी दिइन् ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार