त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न नेपाली टोली स्कटल्यान्ड प्रस्थान

प्रशिक्षक स्टुवार्ट ल र कप्तान रोहित पौडेल गएनन
बिहीबार, जेठ १, २०८२
Global Ime Bank

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रिय सदस्य छुम्बी लामा लगायतले बुधबार साँझ टोलीको बिदाइ गरेका हुन् । शृंखला अगाडि नेपालले बेलायतको स्थानियन टोली तथा स्टकल्यान्डको ‘ए’ टोलीसँग अभ्यास खेल खेल्नेछ । नेपाली टोली बुधबार साँझ ६ बजे बेलायत प्रस्थान गरेको हो। बिदाइ कार्यमक्रममा मुख्य प्रशिक्षक स्टुवार्ट ल र कप्तान रोहितकुमार पौडेल भने उपस्थित थिएनन् । क्यानका सचिव पारस खड्काका अनुसार  व्यक्तिगत कारणले मुख्य प्रशिक्षक बेलयायत गएको र त्यही टोलीसँग जोडिने जानकारी दिए । उता, रोहितको भने परिक्षा चलिरहेका कारण दुई दिन पछि मात्रै बेलायत जाने भएका हुन् ।

newskarkahna-news854600.-1747278920.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार