बुद्ध जयन्तीका अवसरमा धापाखेल बुद्धविहारद्धारा शोभायात्रासहित ज्ञानमाला भजन (भिडियो) 

सोमबार, वैशाख २९, २०८२

धापाखेल (ललितपुर) । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९ औँ बुद्ध जयन्ती । नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् ।  बुद्धको जन्म, ज्ञानप्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले आजको दिन बौद्ध धर्मावलम्बीले विशेष रूपमा मनाउने गर्दछन् ।  २५६८ वर्षअघि वैशाख शुक्लपूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको छोराका रूपमा सिद्धार्थ गौतमको जन्मभएको थियो ।  इसापूर्व ५२८ को वैशाख शुक्लपूर्णिमाका दिन उनले बौद्ध गयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेपछि नै उनी गौतम बुद्धका नामले संसार भर चिनिएका हुन् । 
विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदायवा पथको रूप धारण गरेको छ ।  बुद्ध जयन्तीकै अवसरमा ललितपुर महानगरपालिका २३ नं. वडास्थित धापाखेल बुद्ध विहार मुल समारोह समितिले बिहान धापाखेलमामा शोभायात्रा निकाल्यो । बुद्ध विहारबाट सुरु भएको शोभायात्रा महानगर २४ नं. वडा कार्यालय तीनकुने पोखरी हुँदै पुनः बुद्ध विहारमा आएर सम्पन्न भएको थियो ।  शोभायात्रामा लपुमनपा २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनसहित टोल सुधार समितिका पदाधिकारी, महिला समूहका सदस्य, विद्यालयका विद्यार्थी, समाजसेवी तथा बौद्धधर्मका अनुयायी तथा शुभेच्छुक सर्वसाधारणको उपस्थिति रहेको थियो ।  बुद्ध जयन्यतीकै सन्दर्भमा धापाखेल बुद्ध विहारले तीन दिने कार्यक्रम गरी मनाएको छ । पहिलो दिन शनिबार ध्यान शिविर, दोस्रो दिन आइतबार प्रवचन, वुद्ध शिक्षा, धर्मदेशना तथा तेस्रो तथा अन्तिम दिन शोभायात्रा, ज्ञानमाला र साँझ दिप प्रज्वलन गरिएको बुौद्ध विहारका अध्यक्ष धर्मलाल महर्जनले शब्दपाटीलाई जानकारी दिनुभयो । 
      

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार