२५ लाख रुपैयाँको लागतमा फुटबल ग्राउण्डको स्तरोन्नति गरिँदै

आइतबार, वैशाख २१, २०८२
मयुर प्लाई

रौतहट । रौतहटको उत्तरिभेग गुजरा नगरपालिका ३ जङ्गलसहिय पशुपतिटोल स्थित २५ लाख रुपैयाँको लागतमा फुटबल ग्राउन्डको स्तरोन्नतिको काम सुरु भएको छ । नेकपा एमालेका युवा नेता हरिबंश मैनालीको विशेष पहलमा मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा प्राप्त २५ लाख रुपैयाँको लागतमा फुटबल ग्राउन्ड  स्तरउन्नतिको काम सुरु भएको हो । शनिवार एक कार्यक्रमको आयोजना गरी बिधिवत रुपमा ब्राह्मण द्वारा मन्त्रोच्चारण पश्चात शिलान्यास गरिएसँगै निर्माण कार्य शुरु भएको नेता मैनालीले न्युज कारखाना लाईबताएका छन् । उक्त अवसरमा एमालेका नेता तथा मधेश प्रदेशका पुर्ब  राज्यमन्त्री नागेन्द्र यादब, युवा नेता हरिबन्श मैनाली, गुजराको मेयरका प्रत्याशी एकरामुल  हक , एमाले क्षेत्र ३ का क्षेत्रिय संयोजक युबराज ज्ञवाली,मदन भण्डारी फाउन्डेसनका जिल्ला उपाध्यक्ष  शेख जमालुदिन, एमाले पार्टी नगर अध्यक्ष जयराम चौधरी , सचिब रामबाबु चौधरी, वडा न ४ का अध्यक्ष  झमक प्रसाद (कुमार) चौलागाईं, युवा नेता निराजन पुरी बिक्रम अस्तानी लगायतको उपस्थिती रहेको थियो । गुजरा नगरपालिका थारु र पहाडे बाहुल्य क्षेत्र रहेकाले युवाहरु माझ फुटबल खेल निकै नै लोकप्रिय रहेको छ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार