आजको मौसम : काठमाडौं उपत्यकासहित पहाडी भू–भागमा वर्षा 

बिहीबार, वैशाख १८, २०८२
Global Ime Bank

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेका कारण काठमाडौं उपत्यकासहित पहाडी भूभागमा बिहानैदेखि हल्का वर्ष भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 
यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।  विभागका अनुसार राती भने, देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार