सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । चेन्नई सुपर किंग्स (सिएसके) जारी इन्डियन प्रिमियर लिग (आइपिएलं) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ । महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भएसँगै उसको प्ले अफमा पुग्ने सम्भावना सकिएको हो । चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ । श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० औं खेलमा यो आठौं हार हो । चेन्नईले दिएको १ सय ९१ रनको लक्ष्य पञ्जाबले १९.४ ओभरमा ६ विकेटको नोक्सानीमा मा पूरा गर्यो । पञ्जाबको जितमा कप्तान श्रेयस र ओपनर प्रभसिमरन सिंहले अर्धशतक बनाए । श्रेयसले सर्वाधिक ७२ रन बनाए । प्रभसिमरनले ५४ रन जोडे । ओपनर प्रियान्श आर्या र शशांक सिंहले समान २३ रन बनाए । चेन्नईका मथिसा पथिराना र खलिल अहमदले समान २ तथा नूर अहमद र रविन्द्र जडेजाले समान १ विकेट लिए । त्यसअघि टस हारेर पन्जाबले फिल्डिङ रोज्यो । चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो । ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने कोसिस गरे। डिवाल्ड ३२ रनमा आउट भए। सामले विष्फोटक ब्याटिङ गरे । ४७ बल खेल्दै ९ चौका र ४ छकका सहित ८८ रन बनाए। साम र डिवाल्ड बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । रविन्द्र जडेजाले १७ रन तथा शेख रसिद र महेन्द्र सिंह धोनीले समान ११ रन बटुले। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा युज्बेन्द्र चाहालले ३ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । उनले आफ्नो अन्तिम ओभरमा ह्याट्रिक पूरा गरे। अर्शदीप सिंह र मार्को जानसेनले समसन २ विकेट लिए । १३ अंकसहित पन्जाब दोस्रो स्थानमा उक्लिएको छ। चेन्नई ४ अंकका साथ तालिकाको पुछारमा छ ।