नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन 

आइतबार, वैशाख १४, २०८२
मयुर प्लाई

काठमाडौं । नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । ९ स्वर्ण, १ रजत र २ कास्य सहित १२ पदक जितेर पुलिसले प्रतियोगितामा वर्चस्व बनायो । सशस्त्र प्रहरी बल (एपिएफ) दोस्रो भयो । उसले ४ स्वर्ण, ६ रजत र ३ कास्य गरी १३ पदक प्राप्त गर्यो। त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण, ६ रजत र२ कास्य पदकका साथ तेस्रो भयो । बागमती, कोशी र मधेश प्रदेशले पनि समान १ स्वर्ण पदक जितेको छ । प्रतियोगिताको अन्तिम दिन शनिवार ६८ केजी माथीको तौल समुहमा ऐतिहासिक पदक विजेता पुलिसकी एरिका गुरूङले स्वर्ण पदक जितिन् । उनले लुम्बिनीकी दिया थापालाई ९–० को अत्यन्त सहज नतिजामा पराजित गरिन् । महिला ५५ केजीमा पनि पुलिसकी सविना श्रेष्ठले स्वर्ण जितिन्। उनले फाइनलमा सोनु श्रेष्ठलाई १६–८ ले माथ दिइन् । महिला ५५ केजीमा बागमती प्रदेशकी अञ्जली महर्जनले फाइनलमा प्रियंका शाहीलाई ९–३ ले माथ दिइन् । पुरुष ७५ केजी मुनि पुलिसका राजीव पुडासैनी पहिलो भए। उनले फाइनलमा आर्मीका सिब्बु ओडलाई हराए । ५० केजीमा मधेश प्रदेशका राकेश मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा कोशी प्रदेशका दीपेश राईलाई हराए । टिम च्याम्पियन पुलिसले २ लाख, एपिएफले १ लाख र आर्मीले ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशद्वारा प्रायोजित ३  दिने प्रतियोगितामा पुरुषमा ८६ र महिलामा ७५ गरी कुल १ सय ६१ खेलाडीको सहभागिता  थियो। पुरुषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा समावेश गरिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार