क्रिकेटर कुशल र ज्ञानेन्द्रको बरियतामा सुधार

बुधबार, असार १६, २०७८

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो बरियतामा भूर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२ औँ स्थानमा रहेका छन् । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए । आइसिसीले जारी गरेको बरियतामा नेपालबाट  भूर्तेल र मल्लसहित चार खेलाडी समेटिएका छन् । बरियतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् । पछिल्लो बरियतामा खड्का ८८औँ स्थानमा रहेका छन् भने लामिछाने ७६औँ स्थानमा रहेका छन् । नयाँ बरियता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार