थप ६०० जनामा कोरोना भाइरस संक्रमण 

८ जनाको मृत्यु
शुक्रबार, पुस १०, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट विगत २४ घण्टामा थप ६०८ जना संक्रमित भएका छन् । सो अवधिमा ४,१४२ जनाको परीक्षण गरिएको थियो ।
अहिलेको वृद्धिसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५७ हजार पुगेको छ । २४ घण्टायता आठजनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड–१९ का कारण ज्यान गुमाउने मानिसको संख्या १ हजार ८ सय  नाघेको छ । केही सातादेखि परीक्षणको संख्या घटेकाले कोभिड–१९ भएका व्यक्ति फेला पर्ने क्रम घटेको देखिन्छ ।

निको हुने दर उच्च
यही अवधिमा कुल ८९२ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । हालसम्म निको भएकाहरूको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । जुन कुल संख्याको ९६.५ प्रतिशत हो । तुलनात्मक हेर्दा दक्षिण एशियाली क्षेत्रमा हाल नेपालको निको हुने दर उच्च रहेको पाइन्छ । अहिले नेपालमा सक्रिय संक्रमितहरूको संख्या ७ हजार ९२ छ ।

वाग्मतीमा धेरै संक्रमण
मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित वाग्मती प्रदेशमा ३७६ जना थपिएका छन् । तीमध्ये काठमाडौं उपत्यकामा २७९ थपिएका छन् । थपिएका मध्ये प्रदेश नं १ मा ३९ जना, प्रदेश २ मा ७ जना, गण्डकीमा १० जना, लुम्बिनीमा ७३ जना, कर्णालीमा २२ जना र सुदुर पश्चिम प्रदेशमा ८१ जना संक्रमित छन् । हाल देशभरिमा सघन उपचार कक्षमा २४९ जना र भेन्टिलेटरमा ४६ जना रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  २०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार