मछिन्द्र क्लब सभापति कपको सेमिफाइनलमा 

शुक्रबार, माघ ११, २०८१
मयुर प्लाई

काठमाडौं ।मछिन्द्र क्लब नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेश निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबलको  सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्रले एपिएफलाई १–० गोलले पराजित गरेको हो । मछिन्द्रको जीतमा सनिष श्रेष्ठले थप गरिएको अन्तिम मिनेटमा गोल गरे । बिमल घर्ति मगरले आज दोस्रो हाफमा मैदान प्रवेश गर्दै नेपाली फुटबलमा कमब्याक गरेका छन् । अन्तिम पटक एक वर्ष अगाडि उनले नेपालमा फुटबल खेलेका थिए । यसअघि चर्च बोइजलाई हराउँदै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल प्रवेशका लागि मछिन्द्रले संकटासँग खेल्ने छ । उपाधि विजेताले २६ लाख र उपविजेताले नगद १३ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

Photo-(3)-(43)-1737733131.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार