सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ । मलेसियाको बांगीमा रहेको यूकेएम ओभल क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बंगलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन् । सुमैया अत्तरले १२ र अफिया अशिमा इराले नौ रन जोडिन् । बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एकरएक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो । नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन बनाइन् । त्यस्तै सिमाना केसीले १० रनको योगदान दिइन् । अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान पूजा महतो दुई रनमा आउट भइन भने अलिशा यादवले चार रन बनाइन । यसैगरी तिर्सना विक र रचना चौधरीले समान तीनरतीन रन बनाउँदा रिया शर्मा पाँच रनमा नटआउट रहिन् ।