नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि सुरु

शुक्रबार, माघ ४, २०८१
मयुर प्लाई

काठमाडौं ।  नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइ कबड्डी नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि सुरु भएको छ ।  दशरथ रङ्गशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार खेलको उद्घाटन गरिएको हो । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा भारतको प्रो कबड्डी लिग खेलिसकेका घनश्याम रोकामगर काठमाडौँका मार्की खेलाडी हुन् । काठमाडौंले नेपालका पूर्व कप्तान सरोज सिंहको प्रशिक्षणमा तयारी गरेको छ । प्रतियोगितामा  काठमाडौं र पोखरासहित  विराटनगर ब्यान्डिट, जनकपुर नाइट्स, धनगढी वाइल्डक्याट र हिमालयन रेइडर्स गरी ६ वटा टोली सहभागी हुनेछन् ।

Photo-(7)-(27)-1737125677.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार