मधेश प्रदेश सरकारले ल्यायो शहिद परिवार लक्षित स्वास्थ्य बीमा कार्यक्रम

बुधबार, पुस २४, २०८१
मयुर प्लाई
Global Ime Bank

जनकपुर । मधेश प्रदेश सरकारले शहिद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ । प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पुस ९ गतेबाट उक्त बीमा कार्यक्रम लागू भएको जानकारी बुधबार पत्रकार सम्मेलनमार्फत दिएका हुन् । मन्त्री लेखीले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहिद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए ।  उनले यस स्वास्थ्य बीमा कार्यक्रमले शहिद परिवारहरूलाई स्वास्थ्य समस्यामा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रमले शहिद परिवारलाई मेडिकल उपचारमा आर्थिक भारबाट मुक्त गर्ने लक्ष्य राखेको छ ।
मधेस प्रदेश सरकारले जम्मा १०८१ ज्ना शहिद परिवारका प्रत्येक परिवारका पाँचजना सदस्यको बीमा गर्न लागेको हो । पत्रकार सम्मेलनमा मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानुन संशोधनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिए । यस कार्यदलले स्थानीय तहहरूको संरचनामा सुधारका लागि मस्यौदा तयार पार्ने कार्यमा समर्पित हुनेछ । मन्त्री लेखीले भने, ‘भोलि बिहीबारसम्म कार्यदलले तयार पारेको मस्यौदा प्रदेश सरकारलाई बुझाइनेछ ।’
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार