तिलगंगा सामुदायिक आँखा केन्द्रले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

बुधबार, पुस १७, २०८१
मयुर प्लाई

tilganga-samudayik-aakha-kendra-chapagaun-1735720926.jpg
काठमाडौं ।  तिलगंगा सामुदायिक आँखा केन्द्रले आफ्नो स्थापना दिवसको  अवसरमा पहिलो वार्षिकोत्सव मनाएको छ । बुधबार एक विशेष समाारोहकाबीच वार्षिकोत्सव मनाएको हो । उक्त वार्षिकोत्सव समारोहमा बोल्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले एक वर्षभित्र तिलगंगा सामुदायिक आँखा केन्द्रले जनतालाई धेरै नै सेवा गरेकोमा खुसि व्यक्त गरेका छन् । उनले एक वर्षभित्र आँखा केन्द्रले धेरै सफलता प्राप्त गर्दै जनतामा आफ्नो सेवा विस्तार गर्न सकेकोमा गर्व महसुश भएको बताएका हुन् ।

tilganga-barsikotsav-1735720923.jpg
उनले भने, ‘एक वर्षभित्र तिलगंगा सामुदायिक आँखा केन्द्रले जनतालाई धेरै नै सेवा गरेकोमा खुसि लागेको छ । एक वर्षभित्र आँखा केन्द्रले धेरै सफलता प्राप्त गर्दै जनतामा आफ्नो सेवा विस्तार गर्न सकेकोमा मैले यसमा गर्व महसुश गरेको छु ।’ साथै, उनले यो आँखा केन्द्रलाई दिर्घकालिन रुपमा विस्तारित गर्दै जानुपर्ने बताए । उनले आँखा केन्द्रलाई विस्तारित गर्दै ठाउँ ठाउँमा यसको क्याम्प बनाउन सके सबै जनताले सहज रुपमा सेवा लिन सक्ने बताए । 

tilganga-barsikotsav-2-1735720922.jpg
 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार